झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएका ३५ यात्रुको सनाखत | Khabarhub Khabarhub

झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएका ३५ यात्रुको सनाखत


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले तीनवटा बस पुर्दा ज्यान गुमाएका ३५ जना यात्रुको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् इन्सपेक्टर प्रल्हाद सिलवालका अनुसार बिहीबारसम्म निकालिएका ३५ यात्रुको सनाखत भएको हो ।

निकालिएका सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको उनले बताए । धादिङ प्रहरीले यसअघि नै आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन भनेको थियो ।

झ्याप्ले खोलामा गएको पहिरोमा बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भइसकेको छ । दुई दिन खोज स्थगित गरेपछि गत शुक्रबार हराएकामध्ये केही यात्रु नभेटिएपछि प्रहरीले फेरि खोजी थालेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा तीनवटा बसका ३५ यात्रुको शव निकालिएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  १ : ३५ बजे

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

काठमाडौं — एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सुदूरपश्चिम – वडादसैँको समयमा प्रतिकूल मौसमका कारण खेतमा पाकेको धानबाली