समाचार

कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको फोहोर सफा गर्ने

By खबरहब

October 03, 2024

काठमाडौं– नेपाली कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको वर्षाजन्य फोहोर सफा गर्ने भएको छ । कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग वर्षाजन्य फोहोर सफा गर्न लागेको हो । 

केन्द्रीय सदस्यसमेत रहेका विभाग प्रमुख कल्याणकुमार गुरुङले आगामी शनिबार गुहेश्वरी मन्दिर नजिक पशुपति क्षेत्रमा थुप्रिएको वर्षाजज्य फोहोर सफा गरिने जानकारी दिए । 

उनले केही दिन अघिको अविरल वर्षा र विभिन्न नदीमा आएको बाढीपहिरोले बगाएर ल्याएको फोहोर तत्काल सफा गर्न आवश्यक रहेका कारण पशुपति क्षेत्रमा सरसफाइ कार्यक्रम राखिएको बताए । 

विभागले सार्वजनिक सूचना जारी गरेर आगामी शनिबार बिहान साढे ६ बजे सरसफाइ कार्यक्रममा सहभागी भइदिन आग्रह पनि गरेको छ ।