फाइल फोटो

अन्तर्राष्ट्रिय

बीएलएफको आक्रमणमा बलुचिस्तानमा ५ पाकिस्तानी सैनिकको मृत्यु

By खबरहब

October 03, 2024

काठमाडौँ– पाकिस्तानमा ५ सैनिकको ज्यान जानेगरी भएका दुई छुट्टाछुट्टै आक्रमणको जिम्मा बलुचिस्तान लिबरेसन फ्रन्ट(बीएलएफ) ले लिएको छ । बीएलएफले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मा लिएको हो ।

बीएलएफले आक्रमणमा अरु ४ सैनिक घाइते भएको समेत जनाएको छ । बीएलएफले अवरानमा रहेको सैनिक मुख्यालयलाई लक्षित गरी पहिलो आक्रमण गरेको जनाएको छ । उक्त आक्रमणका क्रममा चार सैनिकको ज्यान गएको र तीन सैनिक घाइते भएका थिए ।

त्यसैगरी, अवरान माश्के सडक खण्डमा आफ्ना लडाकुले दोस्रो आक्रमण गरेको बीएलएफले जनाएको छ । उक्त आक्रमणमा एक सैनिकको मृत्यु भएको र अर्का एक जना सैनिक घाइते भएको बीएलएफले जनाएको छ ।