उपप्रधानमन्त्री सिंह इजिप्टतिर, जलवायु परिवर्तनको असरबारे कुरा उठाउने | Khabarhub Khabarhub

उपप्रधानमन्त्री सिंह इजिप्टतिर, जलवायु परिवर्तनको असरबारे कुरा उठाउने


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् ।

वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।

विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन् ।

अन्य देशबाट शहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ ।

शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्ने छन् ।

त्यस क्रममा उनले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनबाट भोगिरहेको समस्या र बस्ती विकासमा नेपालको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउने उनको सह्चिवालयले जनाएको छ ।

नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले यसबाट थप असर नगर्ने गरि कसरी शहरीकरण र बस्ती विकास गर्न सकिनेबारे उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउने भएका छन् ।

त्यस्तै शहरीकरणका लागि चुनौती बनिरहेको खानेपानी, सरसफाइ र शहरी पूर्वाधारको व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने भएको छ ।

नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ । वर्ल्ड अर्बान फोरम शहरी विकासको क्षेत्रमा महत्वपूर्ण मानिन्छ ।

उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, शहरी विकास मन्त्रालयका अधिकारीहरू कायरो प्रस्थान गरेका छन् । सिंह कार्यक्रममा सहभागी भएर शनिबार स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : ५५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका