आँधीप्रभावित नर्थ क्यारोलिनमा ह्यारिस र ट्रम्प, एकअर्कालाई आरोप-प्रत्यारोप « Khabarhub

आँधीप्रभावित नर्थ क्यारोलिनमा ह्यारिस र ट्रम्प, एकअर्कालाई आरोप-प्रत्यारोप


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- केही साताअघि आएको आँधीका कारण प्रभावित नर्थ क्यारोलिनामा शनिबार राष्ट्रपति पदकी उम्मेदवार तथा उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले कार्यक्रमको आयोजना गरिन् ।

५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि ह्यारिसको साथमा रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प अन्तिम चरणको चुनावी दौडमा छन् ।

त्यस स्थानमा पनि ह्यारिसको मूल मुद्दा महिला अधिकार नै बनेको छ । त्यहाँ उपस्थित भएका धेरैजना आफ्ना छोरीको अधिकारका लागि ह्यारिसको जित आवश्यक रहेको बताउन थालेका छन् ।

ह्यारिसको कार्यक्रममा आएकामध्ये धेरैजना महिला अधिकार र आप्रवासीको अधिकारकै लागि ह्यारिस उपयुक्त भएको बताउन थालेका छन् ।

उनीहरूका अनुसार अमेरिकाका धेरै पुस्ता अघि देखि देखि रहने र पछिल्लो समय अमेरिकामा आउनेहरूको बीचमा विभेद नहुनका लागि पनि ह्यारिसको जित आवश्यक हो ।

ट्रम्पले पनि क्यारोलिनमा अन्तिम कार्यक्रमको आयोजना गरे । कार्यक्रममा ट्रम्प आप्रवासीकै मुद्दामा ह्यारिसप्रति आक्रामक भए ।

ट्रम्पले ह्यारिसका कारण सार्वभौम सीमामै समस्या परेको बताए । उनले बसाइँ आएका अपराधी र लाज नभएका शरणार्थीले ह्यारिसले संरक्षण गरेको भन्दै आक्रोश पोखे ।

ट्रम्पले भेनेजुएला र कङ्गो लगायत देशबाट आएकाहरूले अमेरिकीहरूको चोरी गरिरहेको आरोप समेत लगाए ।

नर्थ क्यारोलिनाभन्दा अघि ह्यारिसले एटलान्टामा कार्यक्रम आयोजना गरेकी थिइन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ११ : ३२ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी