अमेरिकी डलर र ओमानी रियाल बढ्यो : मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

अमेरिकी डलर र ओमानी रियाल बढ्यो : मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर १८ गते मंगलबार सन् २०२४ डिसेम्बर ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्यवृद्धि भएको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्रयाङ्कलगायतको मूल्य घटेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ९३ र बिक्रीदर एक सय ७२ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ०४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ आठ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ नौ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ र बिक्रीदर चार सय ४१ रुपैयाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ६५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ २४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ७९ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ६ : १३ बजे

नेत्रविक्रम चन्दले गरे मतदान

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले मतदान गरेका

हेलिकप्टर चढेर झापातिर जाँदै बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) हेलिकप्टर

ड्युटीका प्रहरी जवान लडेर चलेको गोलीले उदयपुरमा मतपेटिका छेडियो

काठमाडौं- उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीको हतियारबाट गोली चल्दा

निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस

मतदानपछि रविले भावुक हुँदै भने – ‘गुड भाइव’ आएको छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो निर्वाचनको