एनपीएल : अहिले सुदूरपश्चिम र विराटनगर भिड्दै « Khabarhub

एनपीएल : अहिले सुदूरपश्चिम र विराटनगर भिड्दै


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार बिहानको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन्।

सुदूरपश्चिम र विराटनगरको पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा हुँदैछ। सुदूरपश्चिमले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो।

विराटनगर सन्दीप लामिछानको कप्तानीमा मैदानमा हुनेछ भने सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा प्रतिस्पर्धामा उत्रिने छ। विरानगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको हो।

दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्। चितवन र पोखराको दोस्रो खेल दिउँसो १ बजे प्रारम्भ हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कुशल मल्लको कप्तानीमा छ।

पहिलो खेलमा सोमबार काठमाडौं गोर्खाजलाई पाँच विकेटले हराएको चितवनले दुई अंक जोडिसकेको छ। चितवन आज पोखरालाई हराउँदै लगातार जितको खोजीमा हुनेछ भने पोखरा पहिलो जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गर्न चाहन्छ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : २७ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत