यु १९ : अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य « Khabarhub

यु १९ : अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युएईमा जारी यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई एक सय २४ रनको लक्ष्य दिएको छ । दुबईको सारजाह क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा अफगानिस्तानले टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको हो ।

अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै खातीर खानले २६ बलमा १५ जोडे । अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।

नेपालका लागि युनिश विक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग एक सय ३१ रनले पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : २० बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना