सभापति देउवाको निर्देशन अटेर गर्दै विराटनगरमा शेखर पक्षको गुट भेला « Khabarhub

कांग्रेसमा गुट विवाद

सभापति देउवाको निर्देशन अटेर गर्दै विराटनगरमा शेखर पक्षको गुट भेला


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

विराटनगर– संस्थापन पक्षको निर्देशन अवज्ञा गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला विराटनगरमा सुरु भएको छ। विराटनगरको जैन भवनमा कोइराला समूहको भेला सुरु भएको हो ।

कोइराला पक्षले गर्ने तयारी गरेको कोशी प्रदेशका पालिका सभापतिहरुको भेला रोक्न पार्टी केन्द्रले हिजोमात्र निर्देशन दिएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशीका सबै जिल्लाका सभापतिहरूलाई सर्कुलर गर्दै मंसिर २२ गते आधिकारिक प्रदेशको सम्मेलन हुने जनाएको थियो ।

कांग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौलानिकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेको थियो । त्यसअगाडि शेखर पक्षले आज र भोलि प्रदेश राजधानी विराटनगरमै सभापतिहरूको भेला राखेको हो ।

केन्द्रीय कार्यालयले गरेको सर्कुलरमा मंसिर २२ मा हुने सम्मेलन पूर्व प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जनाइएको छ । संस्थापन पक्षले कार्यक्रम रोक्न निर्देशनलाई अवज्ञा गर्दे कोइराला पक्षले भने मोरङका १७ वटै स्थानीय पालिका कमिटीको आयोजनामा भेला गरेको हो।

यद्यपि पालिका सभापतिहरूको भेला भनिएको कार्यक्रममा संस्थापन पक्ष सहभागी भएको छैन । नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापाले कोशी प्रदेशमा २२ मंसिर बाहेक अन्य कार्यक्रमका बारेका आफूलाई कुनै जानकारी नभएको बताए।

नेपाली कांग्रेस विराटनगर नगरसभापति तथा कोइराला पक्षका नेता दीपक चापागाईंले सभापतिको भेलामा प्रदेशभरका पालिका सभापतिहरू आएको दाबी गरे । पाँच वटा महानगरसभापति पनि कार्यक्रमका लागि आएको उनले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ६ : ४९ बजे

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई

एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभामा उम्मेदवार टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र