सभापति देउवाको निर्देशन अटेर गर्दै विराटनगरमा शेखर पक्षको गुट भेला « Khabarhub

कांग्रेसमा गुट विवाद

सभापति देउवाको निर्देशन अटेर गर्दै विराटनगरमा शेखर पक्षको गुट भेला


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

विराटनगर– संस्थापन पक्षको निर्देशन अवज्ञा गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला विराटनगरमा सुरु भएको छ। विराटनगरको जैन भवनमा कोइराला समूहको भेला सुरु भएको हो ।

कोइराला पक्षले गर्ने तयारी गरेको कोशी प्रदेशका पालिका सभापतिहरुको भेला रोक्न पार्टी केन्द्रले हिजोमात्र निर्देशन दिएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशीका सबै जिल्लाका सभापतिहरूलाई सर्कुलर गर्दै मंसिर २२ गते आधिकारिक प्रदेशको सम्मेलन हुने जनाएको थियो ।

कांग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौलानिकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेको थियो । त्यसअगाडि शेखर पक्षले आज र भोलि प्रदेश राजधानी विराटनगरमै सभापतिहरूको भेला राखेको हो ।

केन्द्रीय कार्यालयले गरेको सर्कुलरमा मंसिर २२ मा हुने सम्मेलन पूर्व प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जनाइएको छ । संस्थापन पक्षले कार्यक्रम रोक्न निर्देशनलाई अवज्ञा गर्दे कोइराला पक्षले भने मोरङका १७ वटै स्थानीय पालिका कमिटीको आयोजनामा भेला गरेको हो।

यद्यपि पालिका सभापतिहरूको भेला भनिएको कार्यक्रममा संस्थापन पक्ष सहभागी भएको छैन । नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापाले कोशी प्रदेशमा २२ मंसिर बाहेक अन्य कार्यक्रमका बारेका आफूलाई कुनै जानकारी नभएको बताए।

नेपाली कांग्रेस विराटनगर नगरसभापति तथा कोइराला पक्षका नेता दीपक चापागाईंले सभापतिको भेलामा प्रदेशभरका पालिका सभापतिहरू आएको दाबी गरे । पाँच वटा महानगरसभापति पनि कार्यक्रमका लागि आएको उनले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ६ : ४९ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती