चार महिनाभित्र लेखा परीक्षण गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन « Khabarhub

चार महिनाभित्र लेखा परीक्षण गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरूसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए ।

मन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरूलाई निर्देशन पनि दिएका छन्‌ ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/०७२ देखि अन्तिम लेखा परीक्षण सम्पन्न हुन सकेको छैन । अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्ने भनिएको छ ।

बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ४ : ३९ बजे

रवि-बालेन एकसाथ देखिँदा प्रचण्ड-बादल पनि सँगै भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता

एमाले सांसदहरूलाई अध्यक्ष ओ‌लीले च्यासलमा बोलाए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका २५

बेलारुसी राष्ट्रपति लुकाशेन्को उत्तर कोरियामा

प्योङयाङ- पश्चिमी प्रतिबन्ध र भू–राजनीतिक दबाबबीच उत्तर कोरिया र बेलारुसले

बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

ढाका- बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु भएको

अपांगता भएका व्यक्तिलाई एनएमबि बैंकको सहायता सामाग्री

काठमाडौं– एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा