अन्तर्राष्ट्रिय

भारतीय विदेशमन्त्री एस. जयशङ्कर पाकिस्तान जाने

By खबरहब

October 04, 2024

एजेन्सी – भारतीय विदेशमन्त्री एस। जयशङ्कर परम्परागत कट्टर दुश्मन छिमेकी मुलुक पाकिस्तान जाने भएका छन्‌ । जयशङ्करले अक्टोबर १५ र १६ मा हुने संघाई सहयोग सङ्गठन (एससीओ) सम्मेलनमा सहभागीता जनाउने भएका हुन् ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विदेशमन्त्री जयशङ्कर एससीओ सम्मेलनमा भाग लिन पाकिस्तानको राजधानी इस्लामावाद जाने जानकारी दिए ।

यसअघि पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो एससीओ बैठकमा भाग लिन भारतको गोवा गएका थिए । भुट्टोलाई भारतका विदेशमन्त्री जयशङ्करले स्वागत गरेका थिए ।

जयशङ्कर हाल श्रीलङ्का पुगेका छन्‌ । उनले श्रीलङ्कामा समकक्षी भिजाथा हेराथसँग भेटघाट गरेका छन्‌ ।