दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा यी हुन नेपाल र भारतबीच भएका चार सहमति, नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर, प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत परिवर्तन, क्यानको वार्षिक खेलतालिका सार्वजनिकलगायतका समाचारले प्रमुख स्थान पाए । 

यी हुन नेपाल र भारतबीच भएका चार सहमति
नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ ।

भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् ।

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
विदेशमन्त्री जयशङ्करले सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशङ्करको शिष्टाचार भेट
भारतका विदेशमन्त्री डा. एस जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

विदेशमन्त्री जयशङ्करले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

शान्तिपूर्ण क्रान्ति जारी छ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको शान्तिपूर्ण शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताएका छन् ।

बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहिद स्तम्भ उद्घाटन तथा शहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

पुल निर्माणको माग गर्दै सरोकारवालाको मन्त्री ज्वालालाई ध्यानाकर्षण
उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा बाढीले बगाएको शिवाई पुल निर्माणको काम सुरु माग गर्दै उदयपुरका राजनीतिक दलहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत परिवर्तन
राष्ट्रियसभा सदस्य पदका लागि हुन लागेको निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृत परिवर्तन गरिएको छ । यसअघि नियुक्त गरिएका निर्वाचन अधिकृत उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकोसहित कारण देखाउँदै निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृत तोकेको हो ।

केएमसीले डा विषदलाई कलेज छिर्न रोक लगाएकोप्रति संघको ध्यानाकर्षण
आवासिय चिकित्सक डा विशद दाहाललाई केयूले निलम्बन स्थगन गरिसक्दा पनि काठमाडौं मेडिकल कलेजले प्रवेश गर्न रोक लगाएकोप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

क्यानको वार्षिक खेलतालिका सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ । क्यानले आज यहाँ पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ९ : ०१ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ