प्रदेश संरचनालाई बलियो बनाउनु पर्छ : मुख्यमन्त्री शाह « Khabarhub

प्रदेश संरचनालाई बलियो बनाउनु पर्छ : मुख्यमन्त्री शाह


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बैतडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाल प्रेस युनियनले आज गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तीनै तहका सरकारको अधिकार बाडफाँड भए पनि कार्यान्वयन फितलो भएको बताए ।

मुख्यमन्त्री शाहले सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय तहका आ–आफ्नै अधिकार भए पनि पूर्णरुपमा कार्यान्वयन नभएकाले अब त्यो पूर्णरुपमा कार्यान्वयन गर्न लाग्नुपर्ने बताए । उनले भने, “तीनै तहका सरकारका एकल र साझा अधिकार छन्, तिनीहरुको पूर्ण रुपमा कार्यान्व्यन हुनु आवश्यक छ ।”

मुख्यमन्त्री शाहले प्रदेश गौरवका योजनामा बजेटको अभाव नहुने बताए । प्रदेशले प्राथमिकतामा राखेर निर्माण गरिरहेका योजनामा बजेटको अभाव नहुने उनले दाबी गरे ।

मुख्यमन्त्री शाहले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण प्रक्रिया अघि बढिसकेकाले यसमा शङ्का नरहेको जिकिर गरे । उनले नेपाल–भारत सीमानाका झुलाघाटलगायत दार्चुला र डडेल्धुरामा महाकाली नदीमाथि पुल निर्माण प्रक्रिया पनि अगाडि बढेको जानकारी दिए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  १० : ३५ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००