आज २०८० साल माघ २१ गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल माघ २१ गते आइतबारको राशिफल


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २१ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी ४ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दैनिकी सामान्य राम्रो छ। बोलीमा ख्याल गर्नु राम्रो हुन्छ। हरेक क्षेत्र सबल छन्। लगानी गरेको क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिमा भने समस्या देखिन्छ। परिवार र समाजले तपाईंको प्रशंसा गर्नेछ।

वृष : दिन संघर्षपूर्ण छ। श्रमको मूल्य प्राप्त हुने भएकाले श्रम गर्दा हार खानु हुँदैन। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामज र परिवारले प्रशंसा गर्ने योग छ।

मिथुन : ग्रह गोचरी सामान्य छ। आफन्तले भन्दा बाहिरका मान्छेले सहयोग गर्नेछन्। गुमेको धन प्राप्त हुनेछ। गुरुबाट प्राप्त सहयोगले मनमा उत्साह बढ्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय राम्रो छ। प्रतिस्पर्धी पराजित हुनेछन्। समाजले तिरस्कार गर्ने खतरा रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्धमा खटपटी हुने खतरा छ। प्रेम सम्बन्धमा उतारचढाव देखिन्छ।

सिंह : दिन सामान्य राम्रो छ। लगानी गरेको ठाउँमा जोखिम देखिन्छ। विदेशको आम्दानी राम्रो हुनाले लगानीमा हात बढाउनु राम्रो हुन्छ। परिवारमा विश्वासको संकट देखिन्छ।

कन्या : दिन राम्रो छ। रमाइलो यात्रा हुनसक्छ। कथा र प्रवचनले जीवनमा उत्साह बढाउने छ। आज व्यापारको सुरुवात र विदेशको यात्रामा नगर्नु राम्रो हुनेछ।

तुला : दिन राम्रो छ। आर्थिक र सामाजिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। सहकर्मीले खुट्टा तान्ने भएकाले सचेत रहनुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहने छ।

वृश्चिक : समय सामान्य राम्रो छ। झुटा आरोप र त्रासले सताउने खतरा छ। शनिदेवको छाया योग रहेकाले वर, पिपलको दर्शन गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : दैनिकी राम्रो छ। आर्थिक उन्नति हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साहा मिल्नेछ। स्वास्थ्य र रोजगारीको क्षेत्र सबल रहेको छ। वैदेशिक क्षेत्रमा आकर्षण बढ्नेछ। परिवारको सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। गाडी र पानीमा हुने ठुलो संकटबाट बच्न सक्नुहुन्छ। तर आफन्तसँग जोगिनुपर्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। बोल्दा नम्र बन्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा विश्वास जित्न नसक्दा खटपटी बढ्ने योग छ।

मीन : दिन राम्रो छ। राम्रो कामको थालनी गर्दा हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी सबल छ। परिवारको सहयोग प्राप्त हुनेछ। परिवारबाट नयाँ नयाँ कुराको माग हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : ०८ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु