चिनी कति मात्रामा खाने ? | Khabarhub Khabarhub

चिनी कति मात्रामा खाने ?


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनी हामी सबैलाई मन पर्छ । चिनीबाट बनेका हरेक परिकार बालकदेखि बृद्वसम्मलाई मनपर्छ ।

तर चिनी सहीरुपमा मात्रा मिलाएर खाइएन भने स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ।

नयाँदिल्ली सफदरजंग अस्पतालका सिनियर रेजिडेन्ट डाक्टर दीपक सुमन चिनी त्याग्दा धेरै फाइदा हुने बताउँछन् । यसले तौल नियन्त्रण गर्नुका साथै मेटाबोलिजमलाई पनि सुधार गर्छ।

चिनी त्याग्दा दाँतको स्वास्थ्य राम्रो रहन्छ र मिठाईका कारण लाग्ने रोगबाट बच्न सकिन्छ, यद्यपि चिकित्सकहरू भने चिनीको सेवन लामो समयसम्म बन्द गर्न नहुने बताउँछन् ।

त्यसैले चिनीको सेवन सिमित मात्रामा मात्र गर्नु राम्रो हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । चिनीको प्रयोग कम गर्दा स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ, त्यसैले यसलाई मात्रा मिलाएर सेवन गर्नुपर्छ जुन शरीरको संरचना र उमेर अनुसार फाइदाजनक हुन्छ।

चिनीमा भएको कार्बोहाइड्रेट शरीरमा जम्मा हुन्छ । अनि शरीरमा खराब कोलेस्ट्रोल बढाउने, रगतमा ग्लुकोज बढाउने गर्छ । चिनी तथा गुलियो खानेकुरा खाँदा हाम्रो मस्तिष्कले खुसी हुने हर्मन उत्पादन गर्छ ।गुलियो धेरै खाँदा मोटोपन, मधुमेह र कोलेस्ट्रोलको समस्या निम्तिन सक्छ ।

हामी दैनिक कति चिनीजन्य खानेकुरा खाइरहेका हुन्छौँ ?
एक चम्चा चिनीमा करिब १५ ग्राम कार्बोहाइड्रेट र ६० क्यालोरी हुन्छ । त्यसैले कुनै व्यक्तिले दिनमा दुई कप चिया खान्छन् भने १२० क्यालोरी प्राप्त गर्छ । शरीरलाई दैनिक १६ सयदेखि १८ सय क्यालोरी चाहिन्छ ।

जुन हामीले दैनिक खाने भात, आलु र फलफूलबाट प्राप्त गरिरहेका हुन्छौँ । हामीले कार्बोहाइड्रेट अन्य स्रोत बाहेक सामान्यतया पनि दैनिक १० देखि १५ ग्राम चिनीजन्य खानेकुरा सेवन गरिरहेका हुन्छौँ । यसको अर्थ हामीले शरीरलाई चाहिने भन्दा धेरै कार्बोहाइड्रेट सेवन गरिरहेका छौँ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ६ : ३५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस