भारतलाई ड्रोन बेच्न अमेरिका सकारात्मक « Khabarhub

भारतलाई ड्रोन बेच्न अमेरिका सकारात्मक


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतसँगको प्रस्तावित ड्रोन खरिदबिक्री सम्झौताप्रति अमेरिकाले सकारात्मक प्रतिक्रिया जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले भारतसँगको ड्रोन सम्झौताले रणनीतिक प्रविधि साझेदारीलाई बढावा दिएको उल्लेख गरेको हो ।

गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा दुई पक्षबीच ड्रोन खरिदबिक्री सम्झौताको घोषणा भएको थियो । घोषणा अनुसार भारतले अमेरिकाको रक्षा उपकरण निर्माता कम्पनी जनरल एटोमिक्सबाट प्रेडेटर ड्रोन खरिद गर्ने बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले उक्त सम्झौताले रणनीतिक प्रविधि साझेदारी र क्षेत्रीय सैन्य साझेदारीलाई पनि वृद्धि गर्ने जनाए ।  भारतीय समाचार संस्था एएनआईका अनुसार प्रवक्ता मिलरले पछिल्ला केही वर्षयता भारत र अमेरिकाबीच रक्षा साझेदारीमा महत्वपूर्ण वृद्धि देखिएको पनि जनाए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १२ : ५६ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश