संसद्मा सशक्त भूमिका निर्वाह गर्न ओलीको निर्देशन « Khabarhub

संसद्मा सशक्त भूमिका निर्वाह गर्न ओलीको निर्देशन


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सशक्त भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

एमाले संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै उनले सांसदलाई संसद् र संसदीय समितिका बैठकमा सक्रियतापूर्वक भाग लिन र जनताका पक्षमा आवाज उठाउन निर्देशन दिए ।

अध्यक्ष ओलीले सांंसदलाई वैचारिक कुरामा पनि बढी स्पष्टताको आवश्यकता पर्ने र प्राविधिक कुरा सिक्नका लागि बैठक आवश्यक हुने बताए ।

यसैबीच, एमाले सचेतक महेश बर्तौलाले दुई दिनसम्म चलेको बैठकले चारवटा निर्णय गरेको बताए। बैठकले संसद्लाई प्रभावकारी बनाउन सशक्त भूमिका निर्वाह गर्ने निर्णय गर्नाका साथै कानुन निर्माणलाई गति दिन सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सरकारलाई निरन्तर घच्घच्याउने निर्णय गरेको छ ।

यसैगरी, युवा पलायनका रोक्नका लागि सरकारले उपयुक्त नीति तथा कार्यक्रम ल्याउनका लागि दबाब दिने र एमालेले सबै सांसदलाई संसद्को बैठक र संसदीय बैठक चलेको बेला संसद्मा बसेर विषयवस्तुलाई उठाउने निर्णय गरेको छ । एमालेले विकास, समृद्धि, सुशासन, सामाजिक न्याय र राष्ट्रिय सराकोर र जनसरोकारका विषयलाई संसद्बाट सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ ।

दुई दिनसम्म चलेको बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेल, रमेश वडाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल, पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, पूर्वमन्त्री अग्निप्रसाद खरेलले समसमायिक विषयमा सांसदलाई प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : १४ बजे

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि