अर्थ र कानुन मन्त्रालय आफैसँग राख्न प्रचण्डलाई सुझाव « Khabarhub

अर्थ र कानुन मन्त्रालय आफैसँग राख्न प्रचण्डलाई सुझाव


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीका नेताहरुले अर्थ र कानुन मन्त्रालय आफैसँगै राख्न सुझाव दिएका छन् ।

सोमबार साँझ भएको छलफलमा नेताहरुले अर्थ र कानुन मन्त्रालयकाे जिम्मा माओवादीले पाउनु पर्ने बताएका हुन् ।  यसअघि यी मन्त्रालयमा आफ्ना मन्त्री नहुँदा समस्या भएको माओवादी नेताहरुको भनाइ छ ।

‘यसअघि अर्थ र कानुन मन्त्रालयमा आफ्ना पार्टीका मन्त्री नपरेका कारण प्रधानमन्त्रीलाई काम गर्न समस्या भएको थियो । त्यसैले अहिले यी मन्त्रालय आँफैसँग राख्न सुझाव दिएका छौं’ माओवादी नेता देवेन्द्र पौडेले भने ।

उनका अनुसार सरकारमा सहभागी हुनेबारे अन्य दलसँग छलफल पछि मन्त्रालय बाँडफाँड टुङ्गो लाग्ने छ।

सोमाबार नयाँ गठबन्धन तर्फबाट बिना विभागीय मन्त्रीहरु नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

याे पनि…

भत्कियो गठबन्धन, तीन मन्त्रीले लिए सपथ

नयाँ सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने

 

 

 

 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : १६ बजे

माधव नेपालविरुद्धको मुद्दामा सबै कागजपत्र झिकाउने आदेश

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष

पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा : एडीबी

काठमाडौं- पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो

काठमाडौं– ईभी निर्माता चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु

काठमाडौं– पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको