आज २०८० साल चैत २२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल चैत २२ गते बिहीबारको राशिफल


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत २२ गते बिहीबार तदनुसार सन् २०२४ अप्रिल ४ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : प्रेममा सफलता प्राप्त हुनेछ। गुमेको धन हात लाग्नेछ। रमाइलो यात्रामा निस्कने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा सफलता हात लाग्नेछ।

वृष : धन हात पर्नेछ। कर्ममा जुट्ने दिन हो। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र अब्बल रहेका छन्। परिवारको साथ राम्रो छ।

मिथुन : गुरुबाट नै असहयोग हुने खतरा छ। कर्म क्षेत्रमा मेहनत गर्नुपर्ने दिन छ। निरन्तरतको प्रयास आवश्यक देखिन्छ। विदेशमा भन्दा स्वदेशकै रोजगारीमा मन रमाउने छ। परिवारसँगको सम्बन्ध सामान्य रहनेछ।

कर्कट : मनमा उत्साह बढ्नेछ। समाजमा प्रशंसा मिल्नेछ। सोचेर बोल्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ।

सिंह : श्रमको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको वादविवादले घाटा हुनसक्छ। धेरै तर्क नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्धमा कुनै अवरोध छैन। आफन्तसँग भेट हुनेछ।

कन्या : आकस्मिक लाभ प्राप्त हुने दिन छ। इष्टमित्र दाहिना छन्। रोगले छोड्ने छ। लगानीको राम्रो प्रतिफल मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

तुला : आज ठुलो कारोबार नगर्नु राम्रो हुन्छ। शिक्षाको लगानीबाट सोचेजस्तो फल नमिल्न सक्छ। पुरानो रोग बढ्ने खतरा देखिन्छ। विदेशको लगानीले उत्साह बढ्नेछ।

वृश्चिक : पुरानो सम्पत्ति फिर्ता हुनेछ। आफन्तले सहयोग गर्नेछन्। श्रमको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : शेयरमा फाइदा हुनेछ। आर्थिक क्षेत्र सबल बन्ने दिन छ। सञ्चित धन भने खर्च हुने जोखिम रहेको छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग राम्रो छ।

कुम्भ : खराब नतिजा सुन्नुपर्ने हुनसक्छ। आजको दिन ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। परिवारको नाममा काम गर्नु राम्रो हुन्छ। यात्रामा सचेत हुनुपर्ने छ।

मीन : व्यापार र व्यावसायको क्षेत्रमा फाइदा हुनेछ। आम्दानीका बाटा धेरै हुनसक्छन्। लगानी गरेमा घाटा हुने छैन। व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारको साथ रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ५ : १५ बजे

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले