सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादले शाहले विश्वासको मत पाउने सम्भावना निश्चित नभएपछि राजीनामा गर्ने वा विश्वासको मत लिने भन्ने विषयमा कांग्रेसमा छलफल भएको थियो ।

आज बिहान बसेको कांग्रेसको प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने निर्णय गरेको कांग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक विक्रम धामीले जानकारी दिए।

तर, नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन र तटस्थ नबस्न ह्वीप नै जारी गरेको छ भने अध्यक्ष रञ्जिताले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप लगाएकी छिन् ।

त्यसअघि बुधबार नै अध्यक्ष रञ्जिता श्रेष्ठले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप लगाएकी छन् ।

५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउन २७ मत जरुरी पर्दछ । प्रदेशमा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद रहेका छन् ।

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ११ : २३ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय