बेलायती प्रधानमन्त्री सुनकले आफ्नै सिटमा हार्ने सर्वेक्षण « Khabarhub

बेलायती प्रधानमन्त्री सुनकले आफ्नै सिटमा हार्ने सर्वेक्षण


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतमा यस वर्ष आम निर्वाचन हुँदै छ । प्रधानमन्त्री ऋषि सुनक आफैले यस्तो संकेत गरेका छन् ।

हालैका महिनाहरूमा, बेलायती प्रधानमन्त्री ऋषि सुनकले मेमा चुनाव अस्वीकार गरेका थिए र यस वर्षको अन्त्यमा चुनाव हुन सक्ने संकेत दिएका थिए । यसैबीच अर्को सर्वेक्षणले एउटा चकित पार्ने दाबी गरेको छ । 

आगामी आम निर्वाचनमा बेलायती प्रधानमन्त्री ऋषि सुनकको सिट पनि खतरामा रहेको बताइएको छ । यूगभले १८ हजार मानिसमा गरेको नयाँ सर्वेक्षणले बेलायती प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वमा रहेको सत्तारुढ कन्जरभेटिभ पार्टीले आगामी आम चुनावमा लज्जास्पद हार बेहोर्ने देखाएको छ । योसँगै विपक्षी लेबर पार्टीले ४०३ सिट जित्न सक्ने बताइएको छ ।

यो नयाँ सर्वेक्षणले यसपटकको पराजय सन् १९९७ मा पूर्व टोरी प्रधानमन्त्री जोन मेजरको शासनकालभन्दा पनि खराब हुने देखाएको छ । जब टोनी ब्लेयरको नेतृत्वमा लेबर पार्टीले उनलाई पराजित गरेको थियो । त्यसपछि टोरी पार्टीले १६५ सिट जितेको थियो । योसँगै ब्लेयरले हाउस अफ कमन्सका ६५९ सिटमध्ये ४१८ सिट जितेका थिए ।

यसअघिको बेस्ट फर बेलायतको सर्वेक्षणमा पनि प्रधानमन्त्री सुनकले आफ्नो सिट बचाउन नसक्ने बताएका थिए । यस वर्षको अन्त्यमा हुन लागेको आम निर्वाचनमा देशको सत्तारुढ कन्जरभेटिभ पार्टीले ठूलो पराजय भोग्न सक्ने देखिएको उक्त सर्वेक्षणमा उल्लेख छ ।

यति मात्रै होइन, बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफ्नो नर्थ योर्कशायरको सिट जोगाउन मुस्किल पर्ने बताइएको छ । बेस्ट फर बेलायतले यो सर्वेक्षण अघि १५ हजार २९ जनाको राय लिएको थियो । 

जसका आधारमा तयार पारिएको प्रतिवेदनमा कन्जरभेटिभको तुलनामा १९ अंकको अग्रता लिएर विपक्षी लेबर पार्टी ४५ प्रतिशत मतका साथ शीर्ष स्थानमा रहेको छ । यसले आगामी चुनावमा कन्जरभेटिभ पार्टीको सम्भावना न्यून तहमा पुगेको पनि बताएको छ । यसपटक सयभन्दा कम सिट जित्ने भनिएको छ भने विपक्षी लेबर पार्टीले धेरै फाइदा पाउनेछन् । 

सर्वेक्षणअनुसार यसपटक २८ जना वर्तमान मन्त्रिपरिषद् सदस्यले चुनाव लड्न सक्नेछन्, जसमध्ये १३ जना मात्रै पुनः निर्वाचित हुनेछन् । 

यसैबीच, चुनावअघि गरिएका अधिकांश सर्वेक्षणले कन्जरभेटिभभन्दा लेबर पार्टीले सहज अग्रता पाएको देखाएको छ । हाल, पार्टी राजनीतिक उथलपुथल, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य र बढ्दो अध्यागमनका चुनौतीविरुद्ध सुनक नेतृत्वको सरकार लडिरहेको छ । 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  १२ : २३ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ