बेलायती प्रधानमन्त्री सुनकले आफ्नै सिटमा हार्ने सर्वेक्षण « Khabarhub

बेलायती प्रधानमन्त्री सुनकले आफ्नै सिटमा हार्ने सर्वेक्षण


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतमा यस वर्ष आम निर्वाचन हुँदै छ । प्रधानमन्त्री ऋषि सुनक आफैले यस्तो संकेत गरेका छन् ।

हालैका महिनाहरूमा, बेलायती प्रधानमन्त्री ऋषि सुनकले मेमा चुनाव अस्वीकार गरेका थिए र यस वर्षको अन्त्यमा चुनाव हुन सक्ने संकेत दिएका थिए । यसैबीच अर्को सर्वेक्षणले एउटा चकित पार्ने दाबी गरेको छ । 

आगामी आम निर्वाचनमा बेलायती प्रधानमन्त्री ऋषि सुनकको सिट पनि खतरामा रहेको बताइएको छ । यूगभले १८ हजार मानिसमा गरेको नयाँ सर्वेक्षणले बेलायती प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वमा रहेको सत्तारुढ कन्जरभेटिभ पार्टीले आगामी आम चुनावमा लज्जास्पद हार बेहोर्ने देखाएको छ । योसँगै विपक्षी लेबर पार्टीले ४०३ सिट जित्न सक्ने बताइएको छ ।

यो नयाँ सर्वेक्षणले यसपटकको पराजय सन् १९९७ मा पूर्व टोरी प्रधानमन्त्री जोन मेजरको शासनकालभन्दा पनि खराब हुने देखाएको छ । जब टोनी ब्लेयरको नेतृत्वमा लेबर पार्टीले उनलाई पराजित गरेको थियो । त्यसपछि टोरी पार्टीले १६५ सिट जितेको थियो । योसँगै ब्लेयरले हाउस अफ कमन्सका ६५९ सिटमध्ये ४१८ सिट जितेका थिए ।

यसअघिको बेस्ट फर बेलायतको सर्वेक्षणमा पनि प्रधानमन्त्री सुनकले आफ्नो सिट बचाउन नसक्ने बताएका थिए । यस वर्षको अन्त्यमा हुन लागेको आम निर्वाचनमा देशको सत्तारुढ कन्जरभेटिभ पार्टीले ठूलो पराजय भोग्न सक्ने देखिएको उक्त सर्वेक्षणमा उल्लेख छ ।

यति मात्रै होइन, बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफ्नो नर्थ योर्कशायरको सिट जोगाउन मुस्किल पर्ने बताइएको छ । बेस्ट फर बेलायतले यो सर्वेक्षण अघि १५ हजार २९ जनाको राय लिएको थियो । 

जसका आधारमा तयार पारिएको प्रतिवेदनमा कन्जरभेटिभको तुलनामा १९ अंकको अग्रता लिएर विपक्षी लेबर पार्टी ४५ प्रतिशत मतका साथ शीर्ष स्थानमा रहेको छ । यसले आगामी चुनावमा कन्जरभेटिभ पार्टीको सम्भावना न्यून तहमा पुगेको पनि बताएको छ । यसपटक सयभन्दा कम सिट जित्ने भनिएको छ भने विपक्षी लेबर पार्टीले धेरै फाइदा पाउनेछन् । 

सर्वेक्षणअनुसार यसपटक २८ जना वर्तमान मन्त्रिपरिषद् सदस्यले चुनाव लड्न सक्नेछन्, जसमध्ये १३ जना मात्रै पुनः निर्वाचित हुनेछन् । 

यसैबीच, चुनावअघि गरिएका अधिकांश सर्वेक्षणले कन्जरभेटिभभन्दा लेबर पार्टीले सहज अग्रता पाएको देखाएको छ । हाल, पार्टी राजनीतिक उथलपुथल, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य र बढ्दो अध्यागमनका चुनौतीविरुद्ध सुनक नेतृत्वको सरकार लडिरहेको छ । 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  १२ : २३ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।