श्रम अदालतको मुकाम काठमाडौंमा रहने « Khabarhub

श्रम अदालतको मुकाम काठमाडौंमा रहने


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहनेगरि तोक्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानून मन्त्रालयको प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहनेगरी तोक्ने निर्णय भएको र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा.डा पशुपति चौधरी र सदस्य पदमा विरेन्द्रप्रसाद यादव नियुक्त गरेको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

प्रवक्ता शर्माले सरकारी प्रकरणमा गृहमन्त्रीमाथि उठेका प्रश्नको प्रधानमन्त्रीले सदनमा र स्वयं गृहमन्त्रीले संसदीय समितिमा जवाफ दिइसकेकाले छानविन समिति गठनको आवश्यकता नरहेको बताइन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ४ : ०० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक