सोनिया गान्धी बनिन् राज्यसभा सांसद « Khabarhub

सोनिया गान्धी बनिन् राज्यसभा सांसद


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले राज्यसभा सांसदको शपथ लिएकी छन् । सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् ।

बिहीबार भारतको नयाँ संसद भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य राज्यसभा सांसदहरूलाई शपथ गराएका हुन् ।

सोनिया गान्धी पहिलो पटक राज्यसभा सांसद बनेकी हुन् । उनी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन् । नेहरू-गान्धी परिवारका सदस्यले राज्यसभा सांसदको रूपमा शपथ लिएको यो तेस्रो पटक हो ।

यसअघि इन्दिरा गान्धी र उमा नेहरु राज्यसभा सांसद बनेका छन् । उमा नेहरू भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका काकाकी पत्नी थिइन् । उमाको कार्यकाल सन् १९६२–६३ मा थियो । त्यही क्रममा इन्दिरा गान्धी सन् १९६४ मा राज्यसभामा पुगिन् ।

इन्दिरा गान्धी सन् १९६४ देखि १९६७ सम्म राज्यसभा सदस्य थिइन् । दुवै नेताले राज्यसभामा उत्तर प्रदेशको प्रतिनिधित्व गरेका थिए । जब इन्दिरा पहिलो पटक प्रधानमन्त्री बनिन्, उनी राज्यसभाको सदस्य थिइन् । सन् १९६७ को लोकसभा चुनावमा उनले रायबरेली सिटबाट चुनाव लडेर जितिन् । त्यसपछि उनले राज्यसभाको सदस्यता त्यागेकी थिइन् ।

सोनिया गान्धी यसअघि १९९९ देखि लगातार लोकसभा चुनाव जित्दै आएकी थिइन् । सन् १९९९ मा सोनिया उत्तर प्रदेशको अमेठी सिटबाट जितेर लोकसभामा पुगिन् । यसपछि सन् २००४ मा उनका छोरा पूर्व कांग्रेस अध्यक्ष राहुल गान्धी चुनावी राजनीतिमा प्रवेश गरे ।

राहुल अमेठी सिटबाट र सोनिया रायबरेली सिटबाट चुनाव लडेकी थिइन् । रायबरेली सोही सिट थियो जहाँबाट सोनियाकी सासु इन्दिरा गान्धीले चुनाव लडेकी थिइन् । सोनियाले २००४, २००९, २०१४ र २०१९ मा लगातार चार पटक रायबरेली सिटबाट चुनाव लडेकी थिइन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ५ : १६ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र