होटललाई उद्योगको मान्यता दिलाउन पहल गर्छु : पर्यटनमन्त्री « Khabarhub

होटललाई उद्योगको मान्यता दिलाउन पहल गर्छु : पर्यटनमन्त्री


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रलाई उद्योगको मान्यता दिलाउन पहल गर्ने बताएका छन्। 

होटल सङ्घले सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्रालाई समेटेर तयार पारेको पात्रो सार्वजनिक गर्दै उनले होटल क्षेत्रको विकास र विस्तारका लागि होटललाई उद्योगका रुपमा मान्यता दिलाउन लागि पर्ने विश्वास व्यक्त गरे ।

व्यवसायीले होटल क्षेत्रमा ठूलो लगानी भएकाले यो क्षेत्रलाई उद्योगको रुपमा कानुनी मान्यता दिलाउन माग गर्दै आएका छन् । पर्यटनमन्त्री तामाङले चाडपर्व तथा जात्रा लक्षित पात्रोको माध्यमबाट मुलुकको पर्यटन प्रवर्द्धन हुनुका साथै विदेशी पर्यटक आकर्षण गर्ने उपयुक्त माध्यम भएको बताए। 

उनले आतिथ्यता सम्बन्धी ‘क्लाउडवेस इ–लर्निङ’ तालिम कोर्सहरू पनि अपलोड गरी शुभारम्भ गरे। यस कोर्षबाट दूरदराजमा रहेका साना तथा मझौला होटलमा कार्यरत कामदार तथा कर्मचारीलाई दक्षता र सीप विकास गराउन सघाउ पुग्ने उनले बताए।

सो अवसरमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको चाडपर्व तथा जात्राबारे विदेशीले जानकारी लिने गरेकोले पात्रो प्रकाशित गरेको बताए। उनले स्वदेशी तथा विदेशी प्रतिष्ठित टूरअपरेटरका साथै गैरआवासीय नेपाली संगठन तथा विदेशस्थित नेपाली नियोगमार्फत् पनि वितरण गरी पर्यटन प्रवर्द्धन गरिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ६ : ४५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई