इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लुटन टाउन र एभर्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लुटन टाउनका लागि एलिया अदेबायो र एभर्टनका लागि डोमिनिक क्याल्भर्ट लेविनले एक–एक गोल गरेका थिए ।

खेलको २४औँ मिनेटमा एभर्टनका डोमिनिकले पेनाल्टीमार्फत सुरुवाती गोल गरेका थिए ।

स्तै लुटन टाउनका एलियाले खेलको ३१औँ मिनेटमा गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै एभर्टन ३६ खेलबाट ३७ अंकसहित तालिकाको १५औँ स्थानमा छ । समान खेल खेलेको लुटन टाउन २६ अंक जोडेर १८औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ६ : ३६ बजे

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले