नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान « Khabarhub

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ । अत्यधिक गर्मी र तातो हावा ‘लु’को उच्च जोखिम रहेकाले नेपालगञ्ज–२१ र २२ मा घरदैलो अभियान सञ्चालन गरिएको हो ।

स्वयम्सेवकहरुले घरघरमा पुगेर स्थानीयलाई पर्चापम्प्लेटलगायत प्रचारप्रसार सामग्रीमार्फत गर्मी र ‘लु’ बाट बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानीका उपायका बारेमा सिकाइरहेका रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्द्धन सिंह सम्झनाले बताए। उनका अनुसार स्वयंसेवकले घर–घरमा पुगेर सचेतना फैलाउने काम गरिरहेका छन् ।

टिनको छाना भएका घर, दीर्घरोगी तथा अन्य स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, असहाय र अपाङ्गता भएका लगायतलाई अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन थालिएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए। 

उनका अनुसार केही दिनअघि स्वयंसेवकलाई प्रशिक्षण दिएर घरदैलोमा खटाइएको छ । केही दिनदेखि यहाँ बढेको अत्यधिक गर्मी र तातो हावाले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । दिउँसोको समयमा मानिसको चलहपहल घटेको छ । गर्मीले यहाँका अस्पतालमा मौसमी बिरामीको सङ्ख्या समेत बढेको भेरी अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  २ : ०४ बजे

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा

गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६