काठमाडौंकै सडकको बेहाल : न हिँड्न सकिन्छ न गाडी गुडाउन (तस्बिरहरू) « Khabarhub

काठमाडौंकै सडकको बेहाल : न हिँड्न सकिन्छ न गाडी गुडाउन (तस्बिरहरू)


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षा सुरु भए सँगै काठमाडौंका सडकहरू हिलाम्मे हुन थालेका छन् । काठमाडौंको विकास पूर्वाधारका काम कछुवाको गतिमा अघि बढ्दा सडकको बेहाल भएको हो ।

बुधबार मात्रै काठमाडौंको सोह्रखुट्टेस्थित सडक भासिँदा त्यसमा चालक र मोटरसाइकल खसे । चालकलाई तत्कालै उद्धार गरियो । तर मोटरसाइकललाई डोजर ल्याएर निकाल्नुपर्‍यो ।

काठमाडौंका सडकहरूको समयमा मर्मत नहुँदा यतिबेला हिलाम्ये छन् । जसकारण ठूला ठूला खाडल बनिरहेका छन् ।

पानी पर्दा खाडलमा धमिलो पानी भरिने गरेको छ । चालकहरूले बाटो नदेखिनुले सवारी दुर्घटना बढेको  छ ।

त्यति मात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँड्ने नागरिकको सास्ती भनिसाध्य छैन। हिउँदामा धुवाँ, धुलोको मार छ भने यतिबेला हिलोको समस्या बढेको छ ।

पछिल्लो पटक सडकका नाममा काठमाडौं महानगरपालिका र सडक विभागबीच द्वन्द्वको अवस्था छ । तर काठमाडौंका म्हेपी, गोंगबु र विष्णुमती कोरिडोरका सडकतिर दुवै निकायले नजर नलागउँदाको सास्ती वर्णन गरी साध्य छैन ।

 

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  २ : ३९ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६