घनश्याम भुसालको तर्क- कांग्रेस-एमाले सहमति विश्वासयोग्य छैन, प्रचण्डलाई साथ दिन्छौँ | Khabarhub Khabarhub

घनश्याम भुसालको तर्क- कांग्रेस-एमाले सहमति विश्वासयोग्य छैन, प्रचण्डलाई साथ दिन्छौँ


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस-एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउँ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने बताएका हुन् ।

उनले संविधान संशोधनको बारेमा दुवै दलले स्पष्ट व्याख्या नगरेको र आफूहरूसँग पनि कुनै छलफल नगरेको बताए ।

महासचिव भुसालले जारी महाधिवेशनमा नेतृत्वको लागि सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् । एकीकृत समाजवादीले नेतृत्व चयन सर्वसम्मत गर्न निर्वाचन प्रक्रिया अझै सुरु गरेको छैन ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ४ : ४७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका