पहिलो पटक प्रकाशन भएको ‘ट्राफिक पुलिस मिरर’ विमोचन « Khabarhub

पहिलो पटक प्रकाशन भएको ‘ट्राफिक पुलिस मिरर’ विमोचन


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ‘ट्राफिक पुलिस मिरर २०२४’ को आज विमोचन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मिररको विमोचन गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकास क्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर तयार पारिएको ट्राफिक पुलिस मिररको प्रथम संस्करणको प्रकाशन कार्य प्रशंसनीय रहेको समेत बताए ।

शुभकामना मन्तव्यको क्रममा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले विगतमा ट्राफिक प्रहरीले गरेका कामहरू देखाउने ऐनाको रूपमा मिरर प्रकाशन भएको र यो मिररले ट्राफिक व्यवस्थापनको विगत र वर्तमानलाई स्पष्ट पार्नेमा विश्वस्त रहेको बताए ।

विमोचन कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले ट्राफिक पुलिस मिररले विगतलाई स्मरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै  काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै ट्राफिक पुलिसको इतिहास देखि वर्तमान गतिविधि मिररमा प्रस्ट पारिएको उल्लेख गरे । उनले ट्राफिक प्रहरीको ऐतिहासिक विकासक्रम, ज्ञान, सिप तथा ट्राफिक प्रहरीका क्रियाकलापलाई लोप हुन नदिन मिरर प्रकाशन गरिएको बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले पहिलो पटक लिखित दस्तावेजको रूपमा प्रकाशन भएको ट्राफिक पुलिस मिररले २००७ सालदेखि हालसम्म ट्राफिक प्रहरीले गर्दै आएका कार्यलाई छर्लङ्ग पारेको बताए ।

रामशाहपथमा सम्पन्न भएको कार्यक्रममा अवकाश प्राप्त प्रहरी अधिकृत , यातायात व्यवस्थापनसँग सरोकार राख्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, यातायात व्यवसायी, यातायात मजदुर , प्रहरी वरिष्ठ अधिकृत तथा जुनियर अधिकृतहरू, सकल दर्जाका प्रहरी कर्मचारीहरूका साथै विभिन्न संघ-सस्थाका प्रतिनिधिहरू र सञ्चार कर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : १५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार