एमालेबाट विद्रोहको औचित्य पुष्टि गर्न अध्यक्षमा दोहोरिएँ : माधव नेपाल | Khabarhub Khabarhub

एमालेबाट विद्रोहको औचित्य पुष्टि गर्न अध्यक्षमा दोहोरिएँ : माधव नेपाल


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनबाट माधवकुमार नेपाल र घनश्याम भुसाल सर्वसम्मत अध्यक्ष र महासचिव बनेका छन् ।

व्यवहारत: पहिलो भए पनि समाजवादीले नेकपा एमालेको लिगेसी आफूसँगै रहेको बताउँदै यो महाधिवेशनलाई दशौँ भनेको छ । समाजवादीले दशौँ भनेको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएपछि नेपाललले एमालेबाट गरिएको विद्रोहको औचित्य पुष्टि गर्न आफू दोहोरिएको दाबी गरेका छन्।

खबरहबसँग कुरा गर्दै नेपालले भने, ‘विद्रोहको औचित्य पुष्टि गर्न आममहाधिवेशन प्रतिनिधिले मलाई पुन: अध्यक्षको जिम्मेवारीमा दिनुभएको छ। अब पार्टी थप सशक्त र प्रभावकारी बनाएर अगाडि जाने मेरो मूल उद्देश्य छ। हामी अरु निर्णय पनि सर्वसम्मत गर्ने प्रयासमा छौँ।’

सहमतिले त पार्टीमा गुट जन्मायो नि भन्ने अर्को प्रश्नमा उनले भने, ‘गुट जन्माउँदैन, हामी सबै साथीभाइलाई मिलाएर लान्छौँ। पार्टी अझै सशक्त भएर आउँछ । अरु निर्णयमा पनि सर्वसम्मत कोसिस हुनेछ ।’

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : २६ बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय