एमालेबाट विद्रोहको औचित्य पुष्टि गर्न अध्यक्षमा दोहोरिएँ : माधव नेपाल « Khabarhub

एमालेबाट विद्रोहको औचित्य पुष्टि गर्न अध्यक्षमा दोहोरिएँ : माधव नेपाल


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनबाट माधवकुमार नेपाल र घनश्याम भुसाल सर्वसम्मत अध्यक्ष र महासचिव बनेका छन् ।

व्यवहारत: पहिलो भए पनि समाजवादीले नेकपा एमालेको लिगेसी आफूसँगै रहेको बताउँदै यो महाधिवेशनलाई दशौँ भनेको छ । समाजवादीले दशौँ भनेको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएपछि नेपाललले एमालेबाट गरिएको विद्रोहको औचित्य पुष्टि गर्न आफू दोहोरिएको दाबी गरेका छन्।

खबरहबसँग कुरा गर्दै नेपालले भने, ‘विद्रोहको औचित्य पुष्टि गर्न आममहाधिवेशन प्रतिनिधिले मलाई पुन: अध्यक्षको जिम्मेवारीमा दिनुभएको छ। अब पार्टी थप सशक्त र प्रभावकारी बनाएर अगाडि जाने मेरो मूल उद्देश्य छ। हामी अरु निर्णय पनि सर्वसम्मत गर्ने प्रयासमा छौँ।’

सहमतिले त पार्टीमा गुट जन्मायो नि भन्ने अर्को प्रश्नमा उनले भने, ‘गुट जन्माउँदैन, हामी सबै साथीभाइलाई मिलाएर लान्छौँ। पार्टी अझै सशक्त भएर आउँछ । अरु निर्णयमा पनि सर्वसम्मत कोसिस हुनेछ ।’

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : २६ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक