यसै वर्ष भारतीय अर्थतन्त्र ४ खर्ब डलर पुग्ने « Khabarhub

यसै वर्ष भारतीय अर्थतन्त्र ४ खर्ब डलर पुग्ने


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्य सञ्जिव सन्यालले यसै वर्षमा आफ्नो मुलुकको कुल ग्राहस्थ उत्पादन ४ ट्रिलियन डलर पुग्ने बताएकाछन् ।

बेलायतको क्याम्ब्रिजमा रहेको ऐतिहासिक क्याम्ब्रिज युनियनलाई सम्बोधन गर्दै सन्यालले यसै वर्ष भारतको अर्थतन्त्र ४ खर्ब डलर पुग्ने बताएका हुन् ।

सम्बोधनका क्रममा गत वर्ष भारतको अर्थतन्त्र ८ दशमलब २ प्रतिशतले बढेको जानकारी दिँदै यस वर्ष भने आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अपेक्षा गरिएको बताएका छन् ।

त्यसो भएमायसै वर्ष भारतीय अर्थतन्त्र ४ खर्ब डलर पुग्ने उनको भनाइछ । यस्तो भएमा भारतीय अर्थतन्त्र जापानको समकक्षमा पुग्ने सन्याललाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

उनका अनुसार भारतलाई १ खर्ब डलर पुग्न उदारवाद शुरु भएको १६–१७ वर्षको अवधि पर्खिनुपरेको थियो । दोस्रो र तेस्रो ट्रिलियन डलर पुग्न थप ७–७ वर्ष लागेको भन्दै उनले चौथो ट्रिलियन डलरको सीमा भेट्न भारतीय अर्थतन्त्रलाई केबल ५ वर्ष लागेको उल्लेख गरे ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ९ : ५४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक