ग्लोबल टी-२०: रोहितको टिमसँग सन्दीप र दीपेन्द्रको टिम १९ रनले पराजित « Khabarhub

ग्लोबल टी-२०: रोहितको टिमसँग सन्दीप र दीपेन्द्रको टिम १९ रनले पराजित


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत छैटौ खेलमासमेत नेपालका दुई राष्ट्रिय टिमका खेलाडी सहभागी भ्यानकुभर नाइट्स पराजित भएको छ। भ्यानकुभरमा नेपाली राष्ट्रिय टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिन सन्दीप लामिछाने सहभागी छन्। पाँचौ खेलमा सर्रे जगुअर्ससँग अंक बाँडेको भ्यानकुभर छैटौ खेल खेलिसक्दा जितबिहीन बनेको हो।

गएराति नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्ससँग भ्यानकुरभर १९ रनले पराजित भएको हो। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको टोरोन्टोले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य पछ्याएको भ्यानकुभर १८.५ ओभरमा १०८ रन बनाएर अलआउट भएको हो।

सुरुमा ब्याटिङ गरेको टोरोन्टोले नेपाली कप्तान रोहितलाई बेन्चमा राखेको थियो। उसका लागि रोस्टन चेसले सर्वाधिक २३ रन बनाएका थिए। टोरोन्टोलाई सस्तैमा समेट्न मोहमद अमिरले तीन विकेट हात पार्दा हर्ष ठाकर र ऋषिभ जोशीले समान एकएक विकेट लिए। नेपालका लेग स्पिन सन्दीप लामिछानेले पूरै ४ ओभर बलिङ गर्दा ३२ रन खर्चिएर एक विकेट हात पारे भने अलराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई ओभर बलिङ गर्दा विना विकेट १६ रन खर्चिए।

१२८ रनको लक्ष्य पाएको भ्यानकुभरको ब्याटिङतर्फ नेपालका दीपेन्द्रले १२ बलको सामना गर्दै एक छक्काको मद्तमा १३ रन बनाए। तीन बलको सामना गरेका सन्दीप भने शून्यमा आउट भए। मध्यक्रमका रिची बेरिंगटनले अर्धशतक बनाए पनि भ्यानकुभरको पछिल्लोक्रम टिक्न नसक्दा छैटौ खेलमासमेत पराजित भएको हो।

भ्यानकुभरविरुद्ध आक्रामक बलिङ गरेका टोरोन्टोका रोमारियो शेफर्डले मात्र १७ रन खर्चिएर तीन विकेट हात पारे। ६ वटा खेल खेल्दा एक अंक भएको भ्यानकुभर तालिकाको पुछारमा छ। रोहितको टिम टोरोन्टो भने ६ खेलमा तीन जितसहित दोस्रो स्थानमा छ। उसले सात अंक जोडेको छ।

उनको टिम लगातार पराजित भए पनि ग्लोबल टि-२० मा सन्दीपको खेलको चर्चा भइरहेको छ। ६ खेलका पाँच इनिङ खेलेका सन्दीपले ६ विकेट लिएका छन्।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ११ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा