पर्यावरण संरक्षणका लागि वृक्षरोपण | Khabarhub Khabarhub

पर्यावरण संरक्षणका लागि वृक्षरोपण


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा फलफूल, काठ र हरियालीका लागि वृक्षरोपण गर्ने अभियान चलेको छ । जिल्लाका सरकारी निकाय, निजी क्षेत्र र राजनीतिक दलको पहलमा हजारौँ बिरुवा रोपिएका छन् ।

पर्यावरण संरक्षण गर्न नेकपा माओवादी केन्द्रको दमक नगरपालिका क्षेत्रमा एक लाख बिरुवा रोप्ने अभियान जारी छ । केन्द्रका प्रदेश कमिटी सदस्य तथा दमक नगर कमिटीका उपप्रमुख शङ्कर बस्नेतले सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत यस वर्ष ५० हजार र आगामी वर्ष ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताए ।

उपप्रमुख बस्नेतले यस वर्ष २५ हजार बिरुवा नगरका १० वडामा रोपिसकेको र पार्टी कार्यालयमा १२ हजार बिरुवा भण्डारण गरेर राखिएको जानकारी दिए ।

अभियानअन्तर्गत लिची, आँप, कागती, जामुनलगायत बिरुवा रोपिएका छन् । अभियानमा दमक नगरपालिकाका १० वटै वडाका पार्टी कमिटी, टोल समिति सहभागी छन् ।

कोशी प्रदेश वन मन्त्रालय र डिभिजन वन कार्यालय उदयपुरबाट बिरुवा अनुदानमा ल्याएको र केही बिरुवा पार्टीले आफ्नै खर्चमा खरिद गरेर वितरण गरेको जनाइएको छ ।

डिभिजन वन कार्यालयले यस वर्ष चार लाख ४० हजार बिरुवा वितरण गरिने बताएको छ । कार्यालयका प्रमुख मेघराज राईले झिलझिले, मेचीनगर, सुरुङ्गा, भद्रपुर र हल्दीबारीस्थित नर्सरीमा उत्पादन गरिएका विभिन्न प्रजातिका बिरुवा धमाधम वितरण भइरहेको बताए ।

वन कार्यालयले लिची, आँप, कटहर, गुलमोहर, रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, टिक, मसला, कदम, चिउरी, हात्तीफल, बयर, सेमिलता, कुसुम, कदम, कल्कीलगायत फलफूलका बिरुवा उपलब्ध गराउँदै आएको छ । शिवसताक्षी–६ र मेचीनगर–४ ले वडास्तरमा वृक्षारोपण अभियान सञ्चालन गरिरहेका छन् । मेचीनगरको एक लाख र शिवसताक्षीको पाँच लाख बिरुवा रोप्ने लक्ष्य छ ।

अभियानअन्तर्गत अमला, तेजपात, मसला, टिक, गुलमोहर, खमारी, मेन्दुला, टाँकीलगायत रुख तथा छाँयादार फलपूmलका बिरुवा रोपिएका छन् । बिरुवालाई नियमित मलजल र गोडमेल एवं संरक्षण भए नभएको सम्बन्धित वडाले अनुगमन गर्दै आएका छन् ।

राष्ट्रिय युवासङ्घले यस वर्ष ३० हजार बिरुवा रोप्ने अभियान सञ्चालन गरेको सङ्घकी स्थायी कमिटी सदस्य रोजिना पाण्डेले बताइन् । हालसम्म २५ हजार बिरुवा रोपिसकेको उनको भनाइ छ । शहीद नेत्र उद्यानमा एक हजार छ सय सुपारीका बिरुवा, सुखानी शहीद उद्यानमा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको उनले जानकारी दिइन् ।

 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : १३ बजे

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा

राजेन्द्र महतोसँग कुरा नमिलेपछि सचिव पद त्यागेकी सुधा आफैं बनिन् मन्त्री

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी त्यही मन्त्रालयकी पूर्वसचिवको

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले

नेपाललाई अमेरिकाले दियो २६३ रनको विशाल चुनौती

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार भइरहेको खेलमा