मिसाइल हानेर क्रिमियामा रसियन पनडुब्बी डुबाएको युक्रेनी दाबी | Khabarhub Khabarhub

मिसाइल हानेर क्रिमियामा रसियन पनडुब्बी डुबाएको युक्रेनी दाबी


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

किभ- युक्रेनी सेनाले रुसले सन् २०१४ मा कब्जा गरेको क्रिमियास्थित बन्दरगाहमा तैनाथ एक पनडुब्बीमाथि हमला गरेर डुबाइदिएको दाबी गरेको छ ।

युक्रेनका जरनल स्टाफले विज्ञप्ति जारी गरेर रूसको किलो क्लास युद्धक पनडुब्बी रोस्तोभ-अन-डनलाई डुबाइदिएको बताएका छन् । उनका अनुसार सन् २०१४ मा बनेको यो पनडुब्बीलाई शुक्रबार मिसाइल हमला गरेर सेनाले डुबाइदिएको हो ।

रूसको पनडुब्बी रोस्तोभ-अन-डनमाथि यो हमला शुक्रबार बन्दरगाह सहर सेभस्तोपोलमा गरिएको हो ।

यो पनडुब्बी रूसको काला सागरमा तैनाथ गरिएका चार पनडुब्बीमा एक हो । काला सागरमा रूसले तैनाथ गरेका पनडुब्बीको समूह क्यालिबर क्रुज मिसाइल हान्ने क्षमताका छन् ।

युक्रेनको यस दाबीलाई लिएर रसियन रक्षा मन्त्रालयले अहिलेसम्म औपचारिक भनाइ सार्वजनिक गरेको छैन ।

युक्रेनका अधिकारीहरूले यस हमलामा चार एस-४०० एयर डिफेन्स सिस्टम पनि नष्ट गरिएको छ। यो एयर डिफेन्स सिस्टम रुसले कब्जा गरेको क्रिमियाको रक्षमा तैनाथ थियो ।

युक्रेनका जनरल स्टाफको बयानमा रोस्तोभ-अन-डनमाथिको हमलाले एक पटक फेरि युक्रेनको नियन्त्रण रहेको काला सागर क्षेत्रमा रूसी युद्धकका लागि सुरक्षित स्थान नरहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : २४ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले