मिसाइल हानेर क्रिमियामा रसियन पनडुब्बी डुबाएको युक्रेनी दाबी « Khabarhub

मिसाइल हानेर क्रिमियामा रसियन पनडुब्बी डुबाएको युक्रेनी दाबी


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

किभ- युक्रेनी सेनाले रुसले सन् २०१४ मा कब्जा गरेको क्रिमियास्थित बन्दरगाहमा तैनाथ एक पनडुब्बीमाथि हमला गरेर डुबाइदिएको दाबी गरेको छ ।

युक्रेनका जरनल स्टाफले विज्ञप्ति जारी गरेर रूसको किलो क्लास युद्धक पनडुब्बी रोस्तोभ-अन-डनलाई डुबाइदिएको बताएका छन् । उनका अनुसार सन् २०१४ मा बनेको यो पनडुब्बीलाई शुक्रबार मिसाइल हमला गरेर सेनाले डुबाइदिएको हो ।

रूसको पनडुब्बी रोस्तोभ-अन-डनमाथि यो हमला शुक्रबार बन्दरगाह सहर सेभस्तोपोलमा गरिएको हो ।

यो पनडुब्बी रूसको काला सागरमा तैनाथ गरिएका चार पनडुब्बीमा एक हो । काला सागरमा रूसले तैनाथ गरेका पनडुब्बीको समूह क्यालिबर क्रुज मिसाइल हान्ने क्षमताका छन् ।

युक्रेनको यस दाबीलाई लिएर रसियन रक्षा मन्त्रालयले अहिलेसम्म औपचारिक भनाइ सार्वजनिक गरेको छैन ।

युक्रेनका अधिकारीहरूले यस हमलामा चार एस-४०० एयर डिफेन्स सिस्टम पनि नष्ट गरिएको छ। यो एयर डिफेन्स सिस्टम रुसले कब्जा गरेको क्रिमियाको रक्षमा तैनाथ थियो ।

युक्रेनका जनरल स्टाफको बयानमा रोस्तोभ-अन-डनमाथिको हमलाले एक पटक फेरि युक्रेनको नियन्त्रण रहेको काला सागर क्षेत्रमा रूसी युद्धकका लागि सुरक्षित स्थान नरहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : २४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल