मर्दीको आधार शिविरमा मानव अवशेष भेटियो, सात महिनाअघि त्यहीँ हराएका थिए स्वीडेनका युवा « Khabarhub

मर्दीको आधार शिविरमा मानव अवशेष भेटियो, सात महिनाअघि त्यहीँ हराएका थिए स्वीडेनका युवा


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा-कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आधार शिविरमा एउटा मानव अवशेष भेटिएको छ ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षत्रीका अनुसार स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएकोबारे शनिबार जानकारी दिएका थिए ।

क्षत्रीका अनुसार कपडासँगै मानव अस्थिपञ्जर भेटिएको छ । ‘स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ । विकट स्थान भएकाले ल्याउने उपायबारे प्रहरी र गाउँपालिकासँग सल्लाह गर्दैछौँ’ वडाध्यक्ष क्षत्रीले भने ।

ती पर्यटकको अवशेषसँगै एउटा आईफोन, च्यातिएको अवस्थामा कपडाहरू, स्लिपिङ ब्याग लगायत सामग्री भेटिएका छन् ।

भेटिएको अवशेष २०८० पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुनसक्ने आशंका छ ।
पदमार्गको माथिल्लो क्याम्पबाट मर्दी आधार शिविरतर्फ जाने क्रममा हराएका मिचलको खोजी गरिएको थियो। तर त्यसेबला खोजी गरिए पनि उी भेटिएका थिएनन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : ४१ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न