विद्युत् प्राधिकरणका दुई सञ्चालक समिति सदस्यलाई सरकारले हटायो « Khabarhub

विद्युत् प्राधिकरणका दुई सञ्चालक समिति सदस्यलाई सरकारले हटायो


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यहरू भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएको छ । हटाइएकामध्ये पुन माओवादी र आचार्य नेकपा एकीकृत समाजवादीनिकट छन् ।

पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विषयमा प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएका थिए । उनीहरूलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट जिम्मेवारीबाट हटाइएको हो ।

सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि जिम्मेवारीबाट हटाउने तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई जिम्मेवारीबाट हटाउनेगरि मन्त्री दीपक खड्कालाई निर्देशन दिइसकेका छन् ।

यसअघि सरकारले गत साउन १६ गते विद्युत् प्राधिकरण सञ्चालक समितिका २ जना सदस्यलाई हटाउने तयारीस्वरुप स्ष्टीकरण सोधेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यद्वय पुन र कपिल आचार्यलाई स्पष्टीकरण सोधेको थियो ।

सफाइको अवसर नदिई हटाउन नपाइने भएकाले स्पष्टीकरण सोधिएको थियो । नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा २५ बमोजिम मन्त्रिस्तरीय निर्णयमार्फत् २ सञ्चालकलाई स्पष्टीकरण सोधिएको पत्रमा भनिएको थियो ।

विद्युत् प्राधिकरण ऐनको दफा ९ मा नेपाल सरकारले विद्युत् प्राधिकरणमा सञ्चालक मनोनयन गर्न र हटाउन सक्ने व्यवस्था छ ।

सञ्चालक समिति सदस्यको पदावधि ४ वर्षको हुने व्यवस्था छ । सरकारले आवश्यक परेमा सञ्चालकहरूलाई हटाउन वा नयाँ सदस्य नियुक्त गर्नसक्छ ।

डेडिकेटेड र ट्रंक लाइन विवादमा विद्युत् प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेपछि विवाद सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काटिएको उद्योगको विद्युत् जोड्न निर्देशन दिएका थिए। प्राधिकरणले तीन महिनाभित्र बक्यौता तिर्ने गरी लाइन जोडिदिएको थियो ।

तर प्राधिकरणको लाइन जोड्ने निर्णयमा पुन र आचार्यले फरक मत राखेपछि हटाइएको हो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ४ : २१ बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार