विद्युत तार व्यवस्थापन नहुँदा बढ्यो जोखिम | Khabarhub Khabarhub

विद्युत तार व्यवस्थापन नहुँदा बढ्यो जोखिम


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित वडा नं १०, ११, १२ र १३ का क्षेत्रमा विद्युत्को तार व्यवस्थापन नहुँदा जोखिम बढेको स्थानीयले बताएका छन् ।

यी क्षेत्रमा सडक विस्तार र नाला निर्माण गर्ने गर्दा विद्युत्का पोल हटाउने र सार्ने क्रममा तार व्यवस्थापन नगर्दा आवतजावत गर्दा समस्या भएको स्थानीयको भनाइ छ ।

शनिबार वडा नं १३ पोर्ताहास्थित वडा कार्यालय नजिकै स्थानीय चित्र कार्की मोटरसाइकलबाट गाईघाट बजारतर्फ आउँदै गर्दा सडकमा खसेको विद्युतीय तारले करेन्ट लागेर घाइते भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरका अध्यक्षसमेत रहनुभएको कार्कीको हाल जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको रास्वपा त्रियुगा नगरसमितिका अध्यक्ष उत्तम रिजालले बताए ।

त्रिनपा–१२ को डिएमगेट क्षेत्र र शनिमन्दिर क्षेत्रमा झन्डै पाँच सय मिटर सडक खण्डमा विद्युत्का तार छरपस्ट छन् । निवर्तमान वडाअध्यक्ष विक्रम राईले पोलबाट खसाइएका तार व्यवस्थापन नहुँदा यस क्षेत्रका सडकमा हिँड्डुल गर्नसमेत निकै जोखिम बढेको बताए ।

वडा नं १३ को पोर्ताहा, असारी र लक्ष्मीपुर क्षेत्रका सडकमा विद्युत् तार सडकमा छाडिएका छन् । यसकारर्ण हिँड्डुल गर्न पनि निकै समस्या भएको स्थानीय राजदेव चौधरीको गुनासो छ । चाँडै तार व्यवस्थापन नगरे नागरिक झनै जोखिममा पर्ने उनले बताए ।

विद्युत प्राधिकरण कार्यालय उदयपुर गाईघाटका प्रमुख विजयबाबु खत्री भने सडक विस्तार र नाली निर्माण गर्दा विद्युत् पोल सार्नुपर्दा यस्तो समस्या भएको बताउँछन् । आफ्नो कार्यालय तार व्यवस्थित गर्न आवश्यक जनशक्ति परिचालन गरे पनि नेपाल टेलिकम र विभिन्न केवल नेटवर्क कम्पनीले आफ्नो तार व्यवस्थापन नगर्दा समस्या भएको उनको धारणा छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ९ : १९ बजे

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

बरहथवा– सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको

पाकिस्तानमा १९ जनामा भेटियो पोलियो

काठमाडौं– यस वर्षको शुरुयता पाकिस्तानमा पोलियो रोगका १९ औँ बिरामी

बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

म्याग्दी– पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले

पोखरामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्यो

गण्डकी– पछिल्ला दुई सातामा पोखरा महानगरपालिकामा १२९ जना डेङ्गी सङ्क्रमणका

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छ : मन्त्री न्यौपाने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई