नासाले भारतीय क्याप्टेनलाई अन्तरिक्ष केन्द्रमा लैजाने « Khabarhub

नासाले भारतीय क्याप्टेनलाई अन्तरिक्ष केन्द्रमा लैजाने


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले भारतीय पाइलटलाई अन्तरिक्षमा पठाउने भएको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसोरो तथा अमेरिकी निजी अन्तरिक्ष कम्पनी एक्सियोमबीच भएको सम्झौताबमोजिम नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा लैजान लागिएको हो ।

इण्डिया टुडेका अनुसार अन्तरिक्ष उडानको नेतृत्व भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले गर्नेछन् । भारतीय वायुसेनाका अर्का ग्रुप क्याप्टेन प्रशान्त बालकृष्णन् नायरलाई ब्याकअपमा राखिएको छ ।

दुबै पाइलटको तालिम चाँडै शुरु हुने अपेक्षा गरिएको छ । भारतले महत्वकांक्षी गगनयान अभियानका लागि नासासँग सहकार्य गरेको हो । अन्तरिक्षयात्रा गर्ने भारतीय पाइलटलाई ‘गगनयात्री’ भनेर बोलाइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतले गगनयान अभियानअन्तर्गत चाँडै मानवलाई अन्तरिक्ष यात्रामा लैजाने उद्देश्य लिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : ५९ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत