किन गर्दैछन् बालेनका समर्थक प्रधानमन्त्री ओलीको पेज ‘अनफलो’ ?, ६५ हजार निस्किए « Khabarhub

किन गर्दैछन् बालेनका समर्थक प्रधानमन्त्री ओलीको पेज ‘अनफलो’ ?, ६५ हजार निस्किए


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाएका छन् ।

मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो । कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयको दाबी थियो ।

त्यसपछि मंगलबार नै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई कारबाही गर्नुपर्‍याे भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई ‘अनफलो’ गर्न सुरु गरेका हुन् ।

उनले लेखेका थिए– ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’

मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान ६ लाख १ हजार मात्र रहेका छन् ।

बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।

सो पोष्ट हटेपछि सुरु भएको विवादले अब एक अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ४२ बजे

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव

दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू भएको

मप्रतिको सद्भाव र शुभेच्छालाई निराश हुन दिन्न : सुहाङ नेम्वाङ

काठमाडौं– नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले प्रभावशाली ढङ्गले जनता र