टिकटक आलोचना गरिएका सामग्री लुकाउने गरेको खुलासा | Khabarhub Khabarhub

टिकटक आलोचना गरिएका सामग्री लुकाउने गरेको खुलासा


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी शोधकर्ताले गरेको अनुसन्धानका क्रममा टिकटकले आलोचना गरिएका कन्टेन्टको पहुँच सीमित पार्ने गरेको पाइएको छ ।

अमेरिकाको रुटगर्स विश्वविद्यालय र नेटवर्क कन्टेजन रिसर्च इन्स्टिच्युटले गरेको संयुक्त अनुसन्धानमा चिनियाँ सामाजिक सञ्जाल टिकटकले कम्युनिष्ट पार्टीको आलोचना गरिएका सामग्री लुकाउने गरेको पाइएको हो ।

उक्त अनुसन्धानका क्रममा टिकटकको अल्गोरिदमले चिनियाँ कम्युनिष्ट पार्टीको आलोचना गरिएका सामग्री लुकाउने गरेको र पार्टीको पक्षमा पोस्ट गरिएका सामग्री भने अझ बढावा दिने गरेको खुलेको हो ।

टिकटकले ट्राभल इन्फ्लुएन्सर, लाइफस्टाइल अकाउन्टजस्ता क्रिएटरका माध्यमबाट मानवअधिकार उल्लङ्घन, जातीय नरसंहारजस्ता मुद्दालाई दबाउने गरेको उक्त शोधमा जनाइएको छ ।

पछिल्लो समय टिकटकका कारण राष्ट्रिय सुरक्षामा चुनौति थपिएको चर्चाबीच पछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  १० : २४ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ