मलेसियामा सिरहाका रुपेशको सँगै काम गर्ने नेपाली साथीबाटै हत्या « Khabarhub

मलेसियामा सिरहाका रुपेशको सँगै काम गर्ने नेपाली साथीबाटै हत्या


१९ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

सिरहा-सिरहाको विष्णुपुर गाउँपालिका-२ राजपुर निवासी २२ वर्षीय रुपेश यादवको आफ्नै साथीले हत्या गरिएको छ।

मलेसियास्थित एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

वैदेशिक रोजगारको क्रममा २ वर्षअगाडि मलेसियास्थित सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने नेपाली युवक निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न।

घटनाको जानकारीपछि मलेसिया प्रहरीले तत्कालै निलमलाई नियन्त्रणमा लिएको छ । यादवको हत्याले गाउँ र परिवार शोकमा डुबेको छ।

घटनामा संलग्नलाई कडाभन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले सरकारसँग उचित पहलको अपील गरेका छन्।

यो घटनाले वैदेशिक रोजगारमा गएका नेपाली आफ्नै साथीबाट असुरक्षित रहेको देखाएको छ । रुपेशको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ३ : १५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस