बालेनका समर्थकको अभियानले ओलीका फलोअर्स दुई दिनमा ७६ हजार घटे | Khabarhub Khabarhub

बालेनका समर्थकको अभियानले ओलीका फलोअर्स दुई दिनमा ७६ हजार घटे


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी प्रदेशसभा सदस्य रेखा शर्मालाई कारबाही नभएको भन्दै रिसाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकले चलाएको अभियानका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकबाट ७६ हजार फलोअर्स गुमाएका छन् ।

बालेन्द्रका समर्थक र फ्यानले चलाएको ‘अनफलो’ अभियानका कारण ‌ओलीले यो क्षति ब्यहोरेका हुन् । एमाले प्रदेश सभा सदस्य शर्माबारे राखेको फेसबुक पोस्ट मास रिपोर्टमा परेपछि बालेन्द्र आक्रोशित भएका थिए ।

बालेन्द्रले आफू दोषी भए कारबाही गर्न भन्दै फेसबुकमा स्टाटस लेखेपछि उनका फ्यान पनि ओलीमाथि खनिएका थिए । मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो ।

कसैले रिपोर्ट गरेका कारण उक्त पोस्ट फेसबुकले डिलिट गरिदिएको सचिवालयले दाबी गरेको थियो । त्यसपछि मंगलबार नै बालेनले पोस्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोस्ट सरकारले हटाइदिएको आशयको स्टाटस लेखेका थिए । त्यसपछि बालेनका समर्थकहरूले ओलीलाई अनफलो थालेका थिए ।

मंगलबार प्रधानमन्त्री ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार यो समाचार तयार पार्दासम्म ५ लाख ९० हजार पुगेको छ । अहिलेसम्म उनलाई ७६ हजारले अनफलो गरेका छन् ।

बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए । सो पोस्ट हटेपछि सुरु भएको विवादले अब एक अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ३९ बजे

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक