दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी « Khabarhub

दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री लेखकले दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकासगरी देशको सबैभन्दा ठूलो नाकाका रुपमा परिणत गर्ने बताए ।

“महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण हुन्छ”, उनले भने, “यो नाकालाई भारत र चीनसँग जोडेर देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं ।”

उनले निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउँदै तिङ्करबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताए।

“उद्योग, व्यापार वाणिज्य, पर्यटन सबैका लागि महत्त्वपूर्ण नाकाका रुपमा दोधारा चाँदनीलाई विकास गर्छौं”, गृहमन्त्री लेखकले भने, “यो त्यसै गफ गरेको होइन, उहिलेउहिले महाकालीमा झोलुङ्गे पुल बनाउँछौँ भन्दा हाँस्ने गरेको मैले सुन्या छु अहिले महाकालीमा चार लेनको पक्की पुल बनेको छ, गरेपछि त बन्दो रहेछ त ।”

उनले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ९ : १८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले