देश/प्रदेश

सहकारी छानबिन विशेष समितिद्वारा अधिवक्ताहरुसँग छलफल

By खबरहब

September 04, 2024

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले वरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेको छ ।

बुधबार बसेको समितिलेको ५२ औं बैठकमा सहकारीको बचत अपचलन, दुरुपयोग, ठगी, सम्पत्ति शुद्धीकरण, विश्वासघात र संगठित अपराध लगायतका कानुनी प्रबन्धका विषयमा वरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

छलफलमा प्राडा गान्धी पण्डित, वरिष्ठ अधिवक्ता सानुराज पोखरेल, अधिवक्ता केदार कोइराला, रविन्द्रप्रसाद शर्मा, अधिवक्ता मदन रेग्मी, अधिवक्ता डा। कुन्साङ लामा, धर्मप्रसाद पौडेलको सहभागीता रहेको थियो ।

त्यस्तै अधिवक्ता हिमेशकृष्ण खरेल, सरस्वती थापा, मधु चौलागाईं, स्वागत नेपाल, अनिता थापा र रादिका चम्लागाई उपस्थित थिए ।