देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा वर्षा  « Khabarhub

देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा वर्षा 


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पूर्व बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी , मधेश , बागमती र गण्डकी लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली  रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी , बागमती र गण्डकीका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेको छ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी , मधेश , बागमती , गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 साथै  कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : ३० बजे

भोटेकोशी बाढीः अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३

रसुवा बाढीपीडितका लागि स्थानीय तहद्वारा ११ लाख सहयोग

बैतडी– बैतडीका पाँच स्थानीय तहले रसुवा बाढीबाट प्रभावितको राहत तथा

धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर

काभ्रेपलाञ्चोक– धुलिखेल अस्पतालले १०० शय्याको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण गरिरहेको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५

रवीन्द्र ढाट र कासिबको भिडन्त सुरू

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गतको सेमिफाइनल भिडिन्तमा