नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली सेनाको श्री बरख गणले सप्तरीको दक्षिणी सीमावर्ती बलानबिहुल गाउपालिका नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पालिकाको वडा नं.१ स्थित मल्हनियाँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि सर्वसाधारणहरूलाई सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

गत साताको अविरल वर्षाको कारण उक्त पालिकाका केही स्थानहरू समेत डुबान तथा कटानबाट प्रभावित भएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बहिरङ्ग सेवा, दन्त उपचार सेवा, आँखा जाँच सेवाका साथै प्रयोगशाला परिक्षण सेवा समेत प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी रमेश पाण्डेले जानकारी दिए । 

पाण्डेले आफ्नो निजी पहलमा नजिक आँखा नदेख्ने समस्या पहिचान भएका तीन सय जना बिरामीहरूलाई निःशुल्क चस्मा वितरण गरेका थिए ।

स्वास्थ्य शिविरमा उक्त गणका अतिरिक्त राजविराज स्थित छिन्नमस्ता अस्पताल, श्री नं. २७ फि.ए. गुल्म तथा बालानबिहुल गाउँपालिकाको स्वास्थ्य शाखाका मेडिकल जनशक्तिले पाँच सय जनालाई सेवा दिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : १२ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु