असारे विकासको अन्त्य गर्दै जिरी नगरपालिका « Khabarhub

असारे विकासको अन्त्य गर्दै जिरी नगरपालिका


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको जिरी नगरपालिकाले परम्परागत असारे विकासको अन्त्य गर्ने भएको छ। ९ वटा वडा रहेको नगरपालिकाले साउन पहिलो सातादेखि नै धमाधम एकीकृत घुम्ती सेवा शिविर मार्फत वडामै पुगेर योजना सम्झौता गर्दै आएको छ।

नगरपालिकाले शुक्रबार जिल्लाका स्थानीय रेडियोसँग अन्तरक्रिया कार्यक्रम गरेर जिरी नगरपालिकाले यस असारे विकासलाई रोकेर चालु वर्षको साउन देखि मंसिर मसान्त सम्म मात्रै योजना सम्झौता गर्ने योजना बनाएको नगर प्रमुख मित्र जिरेलले बताए ।

नगरपालिकाले स्थानीय उपभोक्ता समितिलाई योजना किताब निर्माण गरी वडामै पुगेर घुम्ती एकीकृत सेवा मार्फत नौ वडाका ७२ वटा योजना सम्झौता गरिसकेको प्रमुख जिरेलले बताए।

नगर प्रमुख जिरेल भन्छन्, ‘हामीले चालु वर्षको अन्त्यमा हुने विकासलाई रोक्न योजना सम्झौता गर्ने समय ५ महिना मात्रै तोकेका छौँ ।’

अघिका वर्षहरूमा जेठ-बैशाखमा योजना सम्झौता गर्ने र असारमा काम सुरु गर्दा गुणस्तरीय काममा प्रश्न उठ्ने तथा योजना नै पुरा नहुँदा नगरलाई घाटा हुने,बजेट फ्रीज जाने समस्या खेप्नुपरेको भन्दै नगरले ९ वटै वडामा पुगेर उपभोक्तालाई योजना सम्झौता सम्बन्धी अभिमुखीकरण दिएर सहभागितामूलक योजना कार्यान्वयन किताब उपलब्ध गराएको प्रमुख जिरेलले जानकारी दिए ।

 

नगरपालिकाले एकीकृत घुम्ती शिविर मार्फत वडा नम्बर-१ मा ७ वटा वडा नम्बर-२ मा ८, वडा नम्बर-३ मा ९ वटा,वडा नम्बर-४ मा ११ वटा, वडानम्बर-५ मा ७ वटा,वडा नम्बर-६ मा ८, वडा नम्बर-७ मा ४ वटा,वडा नम्बर- ८ मा ४ वटा तथा वडा नम्बर-९  मा सबैभन्दा बढी १४ वटा योजना सम्झौता गरिएको जिरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।

नगरले योजना सम्झौतासँगै स्वास्थ्य परीक्षण, स्वास्थ्य बिमा, पशुसेवा अपांगता परिचय पत्र वितरण तथा नवीकरण  र ज्येष्ठ नागरिक परिचयपत्र वितरण शिविर समेत आयोजना गरिएको प्रशासकीय अधिकृत सापकोटाले बताए।घुम्ती शिविर मार्फत नौ वडाका दुई सय १५ जानलाई स्वास्थ्य सेवा, ३ सय ४३ वटा पशुसेवा, ४८ जनालाई स्वास्थ्य बिमा, ४९ जनालाई अपाङ्गता परिचय पत्र  र ७७ जना ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको जिरी नगरपालिकाकी उपप्रमुख कृष्ण माया बुढाथोकीले बताइन् । त्यसैगरी जिरी नगरपालिकाले चालु वर्षलाई जिरी भ्रमण वर्षको रूपमा मनाउने भएको छ ।

जिरीले २०८१ भित्र ५० हजार आन्तरिक तथा बाह्य पर्यटकलाई जिरी भित्र्याउने योजना बनाएको नगरपालिकाले जनाएको छ।

-सुबास बस्नेत

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : १६ बजे

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई